फाउन्डेसन भवन निर्माणमा १ लाख १ हजार प्रदान

 अष्टलक्ष्मि महिला समुह टिकाथलि परिवार राधिका फाउन्डेसन भवन निर्माण स्थल झापा मनसापुर मा पाल्नुभइ नगद रु . १ लाख १ हजार प्रदान गर्नु भएको छ । सत्सङ्ग भवन निर्माण मा सहयोगी दाता को रुप मा पाल्नुहुने हजुर हरु प्रति फाउन्डेसन परिवार हार्दिक आभार ब्यक्त गर्दछ ।









झापा दुर्गापुर, मनसापुर
9800822224

राधिका फाउन्डेसनमा हित्त चित्तकोआगमन

समाज ,गाँउ ,शहर अनि देश लाई चाहिने सरल ब्यक्तित्वहरु । परोपकार मन भएका महान आत्माहरु को आगमन । सबैको मन मुटु मा बस्न सफल समाजसेवि श्री अर्जुन भुशाल ज्यु ,सर्प उद्दार कर्ता एवम समाजसेवि श्री यमलाल भण्डारि ज्यु , सुमधुर भजन गायक एवम समाजसेवि अध्यात्मिक ब्यक्तित्व श्री अर्जुन सापकोटा ज्यु । फाउन्डेसन परिवार धन्य भएका छौ । हार्दिक आभार हजुर हरु सम्पुर्ण मा , हजुरहरुको जिवन मङ्गलमय बनोस । फाउन्डेसन परिवार झापा मनसापुर । 9800822224 








मुर्मु परिवारलाई एक लाख बराबरको जिन्सी सामग्री सहयोग प्रदान

 झापा जिल्ला कन्काई -७ स्थित ,लखन +पानु मुर्मु ज्यु को घर निर्माण मा राधिका फाउन्डेसन ले रु एक लाख बराबर को जिन्सी सामग्री :- सिमेन्ट, गिटि,बालुवा सहयोग प्रदान गरेको छ । बिगत लामो समय देखि घर निर्माण गर्न सुरु गरि सम्पन्न गर्न नसकेका मुर्मु परिवारलाई बस स्थानको निर्माणका निमित्त उक्त सहयोग फाउन्डेसनको तर्फबाट प्रदान गरिएको हो।




निसुल्क आधुनिक शिक्षा प्रदान गर्दै राधिका फाउण्डेसन

 झापा स्थित कन्काई ६ अन्तर्गत मनासपुर टोल मा रहेका सुकुम्बासी तथा गरिब बालबालिका हरुका लागि आवश्यक कापी कलम लगायतका शैक्षिक सामग्री प्रदान गरिएको छ। राधिका फाउण्डेसनको मुख्य उदेश्य नै गरिब तथा  विभिन्न भौगोलिक विकटता मा रहेर उचित शिक्षा हासिल गर्न नपाएका बालबालिका हरुको लागि संस्कार सहितको आधुनिक शिक्षा प्रदान गर्ने रहेको छ।