आवासीय भवनको सुरुवातका केहि झलक

आवासीय भवनको सुरुवातका केहि झलक 







सुर्खेत र कैलालीका १४ जना विपन्न परिवारका बिद्यार्थीलाई राधिका फाउण्डेशनले झापामा आवासिय सुबिधा सहित अध्यापन गराउन शुरु गरेको छ ।
कमजोर आर्थिक अबस्था रहेका विद्यालय तहका बालबालिकालाई राधिका फउण्डेशनमा राखेर अध्यान अध्यापन गराउन थालिएको फाउण्डेशनकी अध्यक्ष राधिका दाशीले जानकारी दिनुभयो ।
झापाको कनकाई नगरपालिका – ७ स्थित मनसापुरमा फाउण्डेशनको सचिवालय निर्माणाधीन अबस्थामा रहेको छ ।
फाउण्डेशनको अगुवाइमा अन्य ३१ जना बालबालिका समेत काठमाडौंमा अध्ययनरत रहेका छन् । अध्यात्मिक संस्कारसहितको शिक्षामा जोड दिँदै आएको फाउण्डेशनले. विपन्न र अनाथहरुलाई सहयोग गर्दै आएको छ ।
फाउण्डेशनले झापाको बाह्रदशीमा समेत गुरुयोजना सहितको शिक्षालय निर्माण गरिरहेको छ । फाउण्डेशनले यसका लागि सरकारी र गैर सरकारीसंस्था एवम् व्यक्तिहरुसंग सहयोग संकलन गर्दै आएको छ ।


यो अभियान झापामा दुई वर्ष अघिदेखि सञ्चालित छ । राधिका दाशी सुप्रशिद्ध भागवत बाचिका हुन् । सार्वजनिक अनुष्ठानहरुबाट समेत राधिका फाउण्डेशनलाई सहयोग हुँदै आएको छ ।
आवासिय सुबिधा सहित फाउण्डेशनको रेखदेखमा रहने १४ जना बालबालिकालाई मंगलवार स्वागत गर्न आयोजित कार्यक्रममा कनकाई नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष भिष्मभुषण सिटौला, पूर्ब वडाध्यक्ष लक्ष्मी ओली, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, इलाका प्रहरी कार्यालय सुरुङ्गाका वरिष्ट प्रहरी नायव निरीक्षक प्रविण भट्टराई, बालबालिकाका अभिभावक धनवहादुर राजी,सरिता कुमारी विसीले बोल्नु भएको थियो ।
फाउण्डेशनकी सदस्य हुम्लाकी तारा भट्टराईले फाउण्डेशनका विषयमा जानकारी गराउँदै अथितिहरुलाई स्वागत गर्नु भएको थियो ।

दुर्गम भेगका बालबालिका लाई बस्ने खाने तथा शिक्षा ब्यवस्था फाउण्डेसनले गर्ने

     राधिका फाउण्डेसनले यहि जेष्ठ २९ गते बाट आवाशीय रूपमा असाहय बालबालिका हरुको पठन पाठन सुरु गरेको छ।  उक्त कार्य सुरु गर्न एक कार्यक्रमको आयोजना समेत गरिएको थियो। 
       राधिका फाउण्डेसन झापा मनसापुर कन्काई -६ मा १४ जना बालबालिका जो नेपाल भुमि कै सुदुर पश्चिम कर्णालि भेग सुर्खेत ,कैलालि बाट पाल्नुभएको छ । सबैको सप्रेम स्वागत बिधिवत रुपमा नगरप्रमुख ज्यु , इलाका प्रहरी  टिम लगायत वडा अध्यक्ष ज्यु हरुले गर्नु भएको छ । सम्पुर्ण बालबालिका लाई बस्ने खाने शिक्षा लगायत सबै ब्यवस्थापन राधिका फाउण्डेसन ले गर्नेछ । साथै बनिरहेको फाउन्डेसन को भवन मा नगरपालिका को सहयोग रहने जानकारी नगर प्रमुख ज्यु ले गर्नु भएको छ भने केहि दाता ले आवश्यक सामग्री लगायत खाद्यान्न पनि प्रदान गर्नु भएको छ । राधिका फाउण्डेसन परिवार सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ । थप जानकारीको लागि सम्पर्क : 9800822224, 9841424995 l