बिपन्न परिवारलाई अत्यावश्यक खाध्यान्न सामाग्री लगायत लताकपडा प्रदान

 साच्चै गरिबि ले मानिस लाई कति कष्टकर जिवन पारिदिएको छ । बर्दिया जिल्ला बढैयाताल गाँउ पालिका -५ जगतपुर निवासि श्री पर्शुराम थारु ज्यु को घर को अवस्था अत्यन्तै नाजुक देखि अत्यावश्यक खाध्यान्न सामाग्री लगायत लताकपडा र बालक लाई पढ्न आवश्यक बिध्यालय पोसाक प्रदान गरेका छौ ।









वहा को घर ब्यवस्थित बनाउन संकल्प पनि लिएका छौ । सेवा गर्ने हात हरु कहिले नथाकुन । हजुरहरुको हौसला प्राप्त होस ।
Radhika Foundation 9800822224

राधिका फाउण्डेशनबाट न्यानो कपडा वितरण

राधिका फाउण्डेशनले अलग—अलग तीनवटा स्थानमा एकै दिन न्यानो कपडा वितरण गरेको छ ।


फाउण्डेशनकी संस्थापक अध्यक्ष भागवत मन्जरी राधिका दासी, वरिष्ठ उपाध्यक्ष अन्जु आचार्य, कोषाध्यक्ष शान्ता कार्की, सदस्य जविन तिम्सिना सहितको उपस्थितीमा न्यानो कपडा वितरण गरिएको हो ।

“राधिका फाउण्डेशन असाहाय, सहाराबिहिन र विपन्न वर्गको सहारा हो” भन्ने महान अभियानका साथ फाउण्डेशनले न्यानो कपडा वितरण सहित आवश्यक्ता अनुसारको सहयोग गर्दै आएको  छ ।


फाउण्डेशनले कनकाई—६ स्थित चम्पापुर माविका ५० जना विद्यार्थीलाई सुइटर वितरण गरेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष सीता बस्नेतको  सभापतित्व रहेको कार्यक्रममा  वडा नं.६ का पुर्व वडाअध्यक्ष लक्ष्मीप्रसाद ओली, फाउण्डेशनका सदस्य जविन तिम्सिना लगायतले शुभकामना मन्तव्य राखे । फाउण्डेशनका तर्फबाट विपन्न विद्यार्थीकालागी  नगद रु.५हजार १ सय सहयोग रकम विद्यालयलाई उपलव्ध गराएको  छ । 





त्यस्तै फाउण्डेशनले कनकाई— ४ स्थित सिंहदेवी माविका ५०जना विद्यार्थीलाई समेत सुइटर वितरण गरेको छ । विद्यालयका विपन्न विद्यार्थीको सहयोगका लागी ५ हजार १ सय नगद समेत उपलव्ध गराएको  छ ।