जापानमा रहनुहुने भक्तजनहरु सँग जीबन भोगाईका ज्ञान बाड्नु हुदै राधिका दासी जी
राधिका फाउन्डेसन नेपालकी सस्थापक तथा अद्यक्ष राधिका दासी जी अहिले जापान भ्रमणमा रहनु भएको छ। भक्तजनहरु सँग जीबन भोगाईका ज्ञान तथा आध्यात्मिक ज्ञान हरुलाई सरलिकरण गर्दै वास्तविक जीवनमा उतार्न उत्प्रेरणा दिने कार्य गर्दै आउनु भएको छ।
उक्त भ्रमणमा जापानका विभिन्न ठाउँ पुगेर नेपाली भाषी तथा हिन्दि भाषी भक्तजन हरु समक्ष प्रस्तुत कार्यक्रमका केहि झलकहरु।
आवासीय भवनको सुरुवातका केहि झलक
सुर्खेत र कैलालीका १४ जना विपन्न परिवारका बिद्यार्थीलाई राधिका फाउण्डेशनले झापामा आवासिय सुबिधा सहित अध्यापन गराउन शुरु गरेको छ ।
कमजोर आर्थिक अबस्था रहेका विद्यालय तहका बालबालिकालाई राधिका फउण्डेशनमा राखेर अध्यान अध्यापन गराउन थालिएको फाउण्डेशनकी अध्यक्ष राधिका दाशीले जानकारी दिनुभयो ।
झापाको कनकाई नगरपालिका – ७ स्थित मनसापुरमा फाउण्डेशनको सचिवालय निर्माणाधीन अबस्थामा रहेको छ ।
फाउण्डेशनको अगुवाइमा अन्य ३१ जना बालबालिका समेत काठमाडौंमा अध्ययनरत रहेका छन् । अध्यात्मिक संस्कारसहितको शिक्षामा जोड दिँदै आएको फाउण्डेशनले. विपन्न र अनाथहरुलाई सहयोग गर्दै आएको छ ।
फाउण्डेशनले झापाको बाह्रदशीमा समेत गुरुयोजना सहितको शिक्षालय निर्माण गरिरहेको छ । फाउण्डेशनले यसका लागि सरकारी र गैर सरकारीसंस्था एवम् व्यक्तिहरुसंग सहयोग संकलन गर्दै आएको छ ।
यो अभियान झापामा दुई वर्ष अघिदेखि सञ्चालित छ । राधिका दाशी सुप्रशिद्ध भागवत बाचिका हुन् । सार्वजनिक अनुष्ठानहरुबाट समेत राधिका फाउण्डेशनलाई सहयोग हुँदै आएको छ ।
आवासिय सुबिधा सहित फाउण्डेशनको रेखदेखमा रहने १४ जना बालबालिकालाई मंगलवार स्वागत गर्न आयोजित कार्यक्रममा कनकाई नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष भिष्मभुषण सिटौला, पूर्ब वडाध्यक्ष लक्ष्मी ओली, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, इलाका प्रहरी कार्यालय सुरुङ्गाका वरिष्ट प्रहरी नायव निरीक्षक प्रविण भट्टराई, बालबालिकाका अभिभावक धनवहादुर राजी,सरिता कुमारी विसीले बोल्नु भएको थियो ।
फाउण्डेशनकी सदस्य हुम्लाकी तारा भट्टराईले फाउण्डेशनका विषयमा जानकारी गराउँदै अथितिहरुलाई स्वागत गर्नु भएको थियो ।
दुर्गम भेगका बालबालिका लाई बस्ने खाने तथा शिक्षा ब्यवस्था फाउण्डेसनले गर्ने
महाकुम्भ मेला चतराधाममा राधिका दासी ज्यू को भब्य समुपस्थिति
बाह्र बर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला चतराधाममा राधिका फाउन्डेसन अद्यक्ष भागवत मन्जरी राधिका दासी ज्यू को आज भब्य समुपस्थिति रहयो। 

उक्त कार्यक्रमा विभिन्न देशबाट पल्नुहुने गुरु विद्वान महानुभाब हरुसग सुमधुर भेटघाट तथा केहि समय सत्संग समेत सु सम्पन्न भयो। थाईलेण्डमा भागवत कथा तथा बुद्ध मुर्ति प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न
थाई नेपाली मन्दिर त्रिनाथ देवालय धाम मा श्रीमद्भागवत कथा र बुद्ध मुर्ति प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न भयो।
बौदिस्ट लामा गुरुज्यू हरुबाट संस्कृतका मन्त्र उचारण गरि बुद्ध मुर्ति प्राण प्रतिष्ठा सु सम्पन्न भयो। उक्त कार्यक्रममा Thailand Bangkok का मेयर Shri Piyawan Jarakha ज्यु ,थाईलेण्ड का सांसद Shri Suphakon Tantipibontna ज्यु,सांसद Shri Manote Wongkedjai ज्यु, सांसद Nathakrit chaichanakul ज्यु, सांसद Vanchaleam chanpeng थाईलेण्ड का नेपालि राज्दुत श्री धन बहादुर ओलि ज्यु र NRN Thailnd अध्यक्ष श्री भबिन्द्र बस्नेत ज्यु हरुको समेत उपस्थिति रहयो साथै उपस्थित सम्पूर्ण पाहुना हरुलाई नेपालि टोपि र रुद्राक्ष माला द्वारा माताजी को हस्ताकोमल बाट सम्मान गरिएको थियो ।
.jpg)
.gif)














.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)

.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
































